चालु आवको प्रथम त्रैमासको नाफाका आधारमा कुन लघुवित्तहरुको प्रतिशेयर आम्दानी कति ?

0
Shares

चालु आर्थिक वर्षको तीन महिनामा ४६ लघुवित्तले १ अर्ब ४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यस नाफाको आधारमा लघुवित्तले सबैभन्दा धेरै ७८.८१ रुपैयाँसम्म प्रतिशेयर आम्दानी कायम गरेका छन् भने सबल लघुवित्तको नै खराब कर्जा बढ्दा १८.६२ प्रतिशतसम्म ऋणात्मक प्रतिशेयर आम्दानी पनि यस त्रैमासमा देखा परेको छ ।

गत आवको यसै अवधिमा १ अर्ब १ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ३२.१८ प्रतिशत अर्थात ४९ करोड ४८ लाख ३० हजार रुपैयाँले खुद नाफा घट्दा लघुवित्त कम्पनीहरुको पनि औषत प्रतिशेयर आम्दानी घट्न पुगेको छ ।
गत आवको पहिलो तीन महिनामा ३०.६३ रुपैयाँ औषत प्रतिशत प्रतिशेयर आम्दानी कायम गरेका लघुवित्त कम्पनीहरुको चालु आवको यसै अवधिमा ३.८० रुपैयाँ घटेर औषतमा २६.८२ रुपैयाँ मात्र कायम भएको छ ।

शुक्रबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्तमध्ये डिप्रोक्स लघुवित्तले सबैभन्दा धेरै ७८.८१ रुपैयाँ इपिएस कायम गर्दा यो लघुवित्त नै पहिलो त्रैमासमा उच्च नाफा आर्जन गर्ने लघुवित्तमा दरिएको छ । लघुवित्तले १९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सबैभन्दा धेरै नोक्सानी ब्यहोरेको निर्धन उत्थान लघुवित्त सबैभन्दा धेरै २७ करोड ९२ लाख रुपैयाँ नोक्सानी ब्यहोर्दा वार्षिक प्रतिशेर आम्दानी १८.६२ रुपैयाँ ऋणात्मक छ ।

गत आवको प्रथम त्रैमासको तुलनामा २९ लघुवित्तको खुद नाफा घटेको छ भने १७ लघुवित्त कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी बढेको छ । प्रथम त्रैमासको आधारमा ४६ लघुवित्तमध्ये वार्षिक ५० रुपैयाँभन्दा बढी प्रतिशेयर आम्दानी कायम हुने लघुवित्तको संख्या ८ छ भने २५ लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँभन्दा धेरै छ ।

प्रथम त्रैमासमा कमाएको खुद नाफाको आधारमा हेनुहोस् कुुन लघुवित्तको प्रतिशेयर आम्दानी कति छ:-

लघुवित्त प्रतिशेयर आम्दानी (रुपैयाँमा) 
प्रथम त्रैमास २०७७/७८  प्रथम त्रैमास २०७६/७७  थप-घट
डिप्रोक्स लघुवित्त 78.81 49.59 29.22
छिमेक लघुवित्त 75.46 17.22 58.24
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स 71.48 88.73 -17.25
स्वावलम्बन लघुवित्त 64.47 77.62 -13.15
नेशनल माइक्रोफाइनान्स  60.73 63.63 -2.90
जनउत्थान सामुदायिक लघुवित्त 58.33 63.80 -5.47
साना किसान विकास लघुवित्त 56.00 70.11 -14.11
मिथिला लघुवित्त 51.79 18.60 33.19
स्वदेशी लघुवित्त 48.40 33.36 15.04
नाडेप लघुवित्त 42.09 27.58 14.51
लक्ष्मी लघुवित्त 39.82 45.66 -5.84
इन्फिनिटी लघुवित्त 38.23 31.06 7.17
स्वरोजगार लघुवित्त 37.77 41.69 -3.92
महुली लघुवित्त 34.47 2.72 31.75
साधना लघुवित्त 32.08 21.00 11.08
विजय लघुवित्त 31.50 46.20 -14.70
सपोर्ट माइक्रोफाइनान्स 27.77 9.11 18.66
एनएमबि लघुवित्त 27.55 37.74 -10.19
आधिँखोला लघुवित्त 26.43 11.98 14.45
वोमी माइक्रोफाइनान्स 23.97 37.55 -13.58
आरएमडिसी लघुवित्त 23.43 36.78 -13.35
समता लघुवित्त  23.42 18.70 4.72
सूर्योदय लघुवित्त 22.00 52.56 -30.56
मिर्मिरे लघुवित्त 21.74 66.37 -44.63
स्वाभिमान लघुवित्त 21.69 23.51 -1.82
आरम्भ चौतारी लघुवित्त 19.70 24.87 -5.17
समाज लघुवित्त 19.54 0.12 19.42
उन्नति सहकार्य लघुवित्त 17.29 57.33 -40.04
ग्रामीण विकास लघुवित्त 17.12 12.59 4.53
आरएसडिसी लघुवित्त 16.75 14.41 2.34
मेरो माइक्रोफाइनान्स 15.12 25.98 -10.86
सबैको लघुवित्त 13.68 20.96 -7.28
फस्ट माइक्रोफाइनान्स 13.56 13.42 0.14
नेपाल एग्रो लघुवित्त 10.76 10.78 -0.02
गुराँस लघुवित्त 10.73 2.03 8.70
एनआईसी एशिया लघुवित्त 10.55 22.03 -11.48
नेरुडे लघुवित्त 9.99 27.13 -17.14
स्पर्स लघुवित्त 9.63 26.55 -16.92
सिभिल लघुवित्त 8.96 16.02 -7.06
घोडाघोडी लघुवित्त 8.08 -36.02 44.10
महिला सहयात्रा लघुवित्त 5.51 15.43 -9.92
गणपति माइक्रोफाइनान्स 4.09 21.12 -17.03
सामुदायिक लघुवित्त 3.40 26.41 -23.01
समीट लघुवित्त 0.07 25.83 -25.76
आशा लघुवित्त -1.43 16.90 -18.33
निर्धन उत्थान लघुवित्त -18.62 72.12 -90.74
औषत प्रतिशेयर आम्दानी 26.82 30.63 -3.80

थप समाचारहरु पढ्न छुट्नु भयो कि ?

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कात्तिक २०७७, शुक्रबार  १९ : ०८ बजे