नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको योजना व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड र नबिल इक्वीटी फण्ड दुबैको योजनाको गत असोजको तुलनामा कात्तिक मसान्तमा मूल्य बढेको छ ।
शेयर बजारमा आएको उछालका कारण फण्डले लगानी गरेको सूचीकृत कम्पनीको शेयरमूल्य बढ्दा नबिल ब्यालेन्सड् फण्डको प्रतिइकाई खुद सम्पति मूल्य ५३ पैसा र नबिल इक्वीटी फण्डको ६२ पैसाले मूल्य बढेको हो ।
नबिल ब्यालेन्सड् फण्ड (NBF2) को कात्तिक मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य ५३ पैसाले बढेर ११.५८ रुपैयाँ कायम भएको छ । गत असोजमा ११.०५ रुपैयाँ थियो ।
गत असोजमा सूचीकृत कम्पनीको शेयरमा ५७ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको फण्डको लगानी कात्तिक मसान्तमा ६७ करोड ६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । कार्तिक मसान्तमा फण्डले ४२ लाख ७६ हजार ९५७ कित्ता शेयरमा लगानी गरेको छ ।
१ अर्ब १२ करोड आकारमा सञ्चालित फण्डको कार्तिक मसान्तसम्ममा फण्डको खुद सम्पत्ति १ अर्ब २९ करोड ६५ लाख १२ हजार पुगेको छ । असोजमा १ अर्ब २३ करोड ७३ लाख ५८ हजार थियो ।
असोजमा ८ करोड ९८ लाख ९४ हजार कुल नाफा आर्जन गरेको नबिल ब्यालेन्सड् फण्डले कार्तिकमा १४ करोड ९० लाख ४८ हजार कुल नाफा आर्जन गरेको छ ।
यस्तै नबिल इक्वीटी फण्ड (NEF) को पनि प्रतिइकाई खुद सम्पति मूल्य ६२ पैसाले बढेको छ । असोजमा १०.९४ रुपैयाँ रहेको फण्डको प्रतिइकाई खुद सम्पति मूल्य ११.५६ रुपैयाँ पुगेको छ ।
गत असोजमा सूचीकृत कम्पनीका शेयरमा ७४ करोड ३९ लाख ४३ हजार रुपैयाँ लगानी रहेकोमा कात्तिक मसान्तसम्म ९३ करोड ७९ लाख २६ हजार रुपैयाँ पुगेको छ । कार्तिक मसान्तमा फण्डको २४ लाख ८८ हजार ३३३ कित्ता शेयरमा लगानी छ ।
१ अर्ब २५ करोड आकारमा सञ्चालित फण्डको कार्तिक मसान्तसम्ममा खुद सम्पत्ति १ अर्ब ४४ करोड ४९ लाख ४६ हजार पुगेको छ । असोजमा १ अर्ब ३६ करोड ७८ लाख ९० हजार थियो।
असोजमा ११ करोड ४६ लाख ४२ हजार कुल नाफा आर्जन गरेको नबिल इक्वीटी फण्ड फण्डले कार्तिकमा १९ करोड १७ लाख १५ हजार कुल नाफा आर्जन गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया