कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता


कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटल बीच छुट सम्झौता भएको छ । ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र प्राकृतिक चिकित्सा एवं वैकल्पिक औषधोपचारका लागी प्रख्यात भरतपुर, चितवनस्थित चित्रावन नेचर क्युअर हस्पिटल बीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको हो ।

कुमारी बैंकका नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना र चित्रावन नेचर क्युअर अस्पतालका निर्देशक डा. विशाल सापकोटाले छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार चित्रावन नेचर क्युअर हस्पिटलमा बेड चार्जेज, जेनेरल प्याथोलोजी, बाहय रोग उपचार लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कको भुक्तानी कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त हुनेछ ।

कुमारी बैंकले १८६ शाखा, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।