उत्पादन तथा रोजगारी सिर्जनाका लागि ३% व्याजदरमा १० लाखसम्म ऋण

0
Shares

बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि वार्षिक ३ प्रतिशत व्याजदरमा अधिकतम १० लाख सम्म ऋण दिने भएको छ ।

प्रदेश सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीबाट सिथिल भएका कृषि, उद्योग, व्यापार व्यवसायसंग सम्बन्धित क्षेत्रहरुमा उत्तपादन तथा रोजगारी सिर्जनाका लागि बढीमा ५ वर्षसम्मका लागि ऋण उपलब्ध गराउने भएको हो ।

यो कार्यक्रम आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेश, कृषि विकास बैंक र साना किसान विकास लघुवित्तको समन्वयमा संचालनमा आएको मन्त्रालयले जनाएको छ । यो कार्यक्रमका लागि चालु आर्थीक वर्ष २०७७/०७८ को बजेटबाट ३ अर्ब रकम छुट्याइएको थियो ।

यो कार्यक्रम कृषि, पशुपंक्षी , मत्स्य क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि गर्नुका साथै राजगारी सिर्जना गर्ने, वन तथा वातावरण र पर्यटन क्षेत्रको वृद्धि गरी रोजगारी प्रवद्र्धन गर्ने, बेरोजगार युवालाई रोजगारमा आवद्ध गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवद्र्धनमा केन्द्रित छ ।

यस सहुलियतपूर्ण ऋण लगानी कार्यक्रममा बागमति प्रदेश भित्रका सम्पूर्ण नागरिक कृषक तथा नवप्रवर्तक एवं लघु उद्यगी व्यवसायीहरुले आवेदन दिन सक्नेछन् । आवेदन फारम बागमती प्रदेश भित्रका कृषि विकास बैंकका शाखा कार्यालयहरु र साना किसान विकास लघुवित्त वित्तिय संस्थाबाट प्राप्त गर्ने सकिने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ चैत २०७७, आइतबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।