काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ, रसुवा जिल्लाको नेपाल–चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
साथै, यस विपद्मा परेका व्यक्तिहरूको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाहरूको सुरक्षित बसोबासका लागि महासंघ नेपाल सरकारसँग आग्रह गरेका छ ।
बाढी पहिरोले चीनसँगको मुख्य व्यापारिक नाकामा सुख्खा वन्दरगाहमा क्षति हुनुका साथै त्यहाँ राखिएका इलेक्टिक र मालवाहक सवारी साधनलाई बगाएको छ । यस विषयमा रसुवा उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, कन्टेनर ढुवानी संघ र नेपाल स्वतन्त्र यातायात मजदुर संघका पदाधिकारीहरूले महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठलाई भेटेर क्षतिको विवरण जानकारी गराउँदै तत्काल सहयोगका लागि पहल गरिदिन आग्रह गरेका छन् ।












प्रतिक्रिया