काठमाण्डौं उपत्यकामा बैशाख २९ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय

0
Shares

काठमाण्डौं उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि लम्बिने भएको छ ।

मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक हप्ताका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यस्तै बैठकले यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म खाद्यानन्न, किराना पसल र डिपार्टमेन्ट स्टोर खुला गर्न दिएकोमा अबको साता भने खोल्न नदिने निर्णय गरिएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खुला गरी २० प्रतिशत कर्मचारीबाट सेवा प्रदान गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले लकडाउन अवधिमा अब देखि अनावश्यक रूपमा हिँडडुल गर्नेहरूलाई कारबाही गर्ने, र त्रकारहरूको हकमा सूचना विभागको कार्डको अनिवार्य गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिपद् बैठकले यसअघि नै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुलाई दुई सातासम्म निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको थियो । यसअघि काठमाण्डौं उपत्यकाका तीनै जिल्लामा जारी निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको थियो। 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलबार  १५ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।