दिव्यश्वरी हाइड्रोपावर (DHPL) नोक्सानीमा गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैैमासको वित्तीय विवरण अनुसार कम्पनीले १ करोड ८० लाख रुपैयाँ नोक्सानी ब्यहोरेको हो ।
गत आवको यसै अवधिमा पनि कम्पनी ३ करोड १६ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । यद्यपी नोक्सानी भने केही घटेको छ ।
यस अवधिमा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको छ । गत आवको यसै अवधिको तुलनामा ८.११ प्रतिशतले घटेको हो ।
चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६.८५ रुपैयाँले ऋणात्मक छ । चैत मसान्तसम्ममा जगेडा कोष १९ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहँदा प्रतिशेयर नेटवर्थ २६.८६ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया