६ करोडमा अस्पताल भवन निर्माण


म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ६ करोड रुपैयाँमा अस्पताल भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजनाले ५ श्ययाको अस्पताल गर्न भवन निर्माण गरेको हो ।

वडाध्यक्ष मइलन पुनका अनुसार औलामा रहेको स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन निर्माण गरिएको हो । नयाँ भवनबाट चाँडै सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । भवनमा कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था गरिएको छ । भवन निर्माणका निम्ति हर्कबहादुर गरबुजा लगायत पाँच जना स्थानीयले पाँच रोपनाी जग्गादान गरेका थिए । रासस

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार  ०७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।