आरविवि मर्चेन्ट बैंकिङ्गले पहिलो पटक १ अर्बको सामुहकि लगानी कोष व्यवस्थापन गर्दै


म्युचुअल फण्डको बजार बिस्तार हुने क्रममा एक पछि अर्को गर्दै फण्डका इकाई निष्काशन हुने क्रम बढिरहेको छ । पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ताको सहभागिता बढेसँगै बजार नयाँ उचाईमा पुगेका बेला फण्डमा सहभागिता पनि बढ्दै गएको छ ।

यस क्रममा राष्ट्रि वाणिज्य बैंकको भगिनी संस्था आरबिबि मर्चेण्ट बैंकिङले पहिलो पटक आरबिबि म्युचुअल फण्ड १ नामक योजनाको व्यवस्थापकीय जिम्मेवारी सहित इकाई निष्काशन गर्दैछ । असार २३ गते बिहीबारदेखि प्रति इकाई १० रुपैंया अंकित मूल्यमा १ अर्ब रुपैंया बराबरको १० करोड इकाई निष्काशन सुरु हुँदैछ ।

आरविवि म्युचुअल फण्ड अन्तर्गत निष्कासन हुन लागेको आरविवि म्युचुअल फण्ड १ को कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड हो । निष्काशित इकाई मध्ये १३ प्रतिशत इकाईमा कोष प्रवद्र्धक बैंकले बिज लगानी गर्नेछ । त्यसै गरी कोष व्यवस्थापक आरबिबि मर्चेण्ट बैंकिङले २ प्रतिशत बिज लगानी गर्नेछ । सात वर्षे अवधिको बन्दमूखी योजनाका इकाईमा आवेदकले कम्तीमा १०० देखि १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरुबाट फण्डका इकाईमा आवेदन दिन सकिन्छ । इकाईहरुको निष्काशन पश्चात नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत गरी दोस्रो बजारमा फण्डका इकाईको कारोबार समेत हुनेछ ।

इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने उद्देश्यले योजनाको इकाईहरु निष्काशन गरिएको मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल बताउँछन् । फण्डले लगानीकर्तालाई आकर्षक प्रतिफल दिनका लागि विभिन्न किसिमका अध्ययन र अनुसन्धानका साथै विभिन्न किसिमका उपकरणको सहयोगमा धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बिनिमय बजारमा सूचिकृत धितोपत्र, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, टे«जरी वील तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्नेछ । यसका अलावा बजारको अवस्थितीका आधारमा बैंक निक्षेपलाई पनि सुरक्षा उपकरणका रुपमा फण्डले सदुपयोग गर्ने बताएका प्याकुलेररले नीतिगत व्यवस्थालाई ध्यानमा राखेर मात्र बैंक निक्षेपको काम गरिने बताए ।

उनका अनुसार योजनाको खुद सम्पत्ति मूल्यको सीमाभित्र रही सामूहिक लगानी कोष निर्देशिकामा तोकिए बमोजिम सार्वजनिक निष्काशन गरिएका धितोपत्रको प्रत्याभूति (अन्डरराईट) गर्ने र योग्य संस्थागत लगानीकर्ताको रुपमा पनि फण्डले रचनात्मक भूमिका निर्वाह गर्नेछ ।

आरविवि मर्चेन्ट बैंकिङ्गले कम्पनीको छनौट गर्ने क्रममा विभिन्न कम्पनिहरुको आधारभूत तथा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरि कम्पनीहरुको वर्गिकरण गर्दछ । यसरि वर्गिकरण गरे पश्चात कम्पनीहरुलाई कम्पनी ग्रेडिङ पोलिसीको आधारमा ती कम्पनीको शेयरहरुमा लगानी गरिन्छ । योजनाको कम्पनी छनौट गर्ने रणनीतिले विशेष गरि कम्पनीको वित्तिय अवस्था, कम्पनीको व्यवस्थापन, व्यवसायको प्रकृति तथा संस्थागत सुशासनलाई विशेष महत्व दिन्छ ।

शेयर बजारमा जोखिम तथा अवसरसँगै विभिन्न किसिमका अनिश्चितता पनि निहित रहन्छन् र यस्ता जोखिम तथा अनिश्चितताको कारणले विभिन्न समयमा बजारमा उत्पन्न हुने उतार चढावले लगानीकर्ताहरुलाई उद्देश्य अनुरुपको प्रतिफल प्राप्त गर्न समस्या भएको हुन सक्छ । यस्तो परिस्थितिलाई सहज रुपमा समाधान गर्न आरविवि म्युचुअल फण्ड १ उत्तम विकल्प भएको प्याकुरेलको भनाई छ । साथै अनुभवी कोष सुपरिवेक्षकहरुको निगरानीमा सञ्चालन हुने यस योजनाले बलियो वित्तिय अवस्था भएका, नियमित प्रतिफल दिने र बजारको उतार चढावले कम असर गर्ने कम्पनीहरुमा लगानी गर्ने भएकाले नै वार्षिक २२.८७ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको उनको भनाई छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।