तेह्रथुम पावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) भदौ २५ गते शुक्रबार बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम ७४ हजार ४०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात परेका छन् भने २३ लाख बढीको हात खाली भएको छ ।
कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । जसमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट माग भएको थियो ।
अन्तिम दिन १३ गतेसम्म २३ लाख ५५ हजार ४४७ आवेदकबाट ३९.३४ गुणा बढी २ करोड ९३ लाख ७८ हजार ४०० कित्ताका लागि आवेदन परेको थियो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपि आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेका कारण अन्य कम्पनीको तुलनामा उक्त कम्पनीको आईपिओ राम्रो मानिएको छ ।
तेह्रथुममा सञ्चालित ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजना निमार्ण गरेको कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया