एलआईसी नेपालले १० प्रतिशत बोनस पारित गर्न बोलायो साधारण सभा, बुकक्लोज तोकिएन


लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १८ औं वार्षिक साधारण सभाको मिति तोकेको छ ।

कम्पनीले आगामी फागुन २५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ को आम्दानीबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गर्दैछ ।

यद्यपी कम्पनीले साधारण सभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति भने तोकेको छैन ।

कम्पनीका सञ्चालकहरुको निर्वाचन समेत हुने भएकाले बुकक्लोजको मिति अहिले नतोकिएको बुझिएको छ ।

निर्वाचन प्रकृयाका साथै लाभांश र अन्य नियमित प्रस्तावका साथै बुकक्लोजको मिति केही दिनमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा, अघिल्लो वर्षभन्दा ६० प्रतिशत घट्यो

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।