लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा, अघिल्लो वर्षभन्दा ६० प्रतिशत घट्यो

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले आर्थिक वर्ष २०७५ ।०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।

बुधबार अपरान्ह बसेको संचालक समितिको १०८ औं बैठकले चुक्ता पूँजी २ अर्ब १ करोड को १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांशवितरण गर्ने निर्णय गरेको हो । ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा ३४.४७ प्रतिशत बोनस शेयर र ३५.५४ प्रतिशत नगद लाभांश गरी कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीहरुले पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।