नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटिएम उद्घाटन

0
Shares

नेपाल बङ्गलादेश बैंक (NBB) ले एटिएम विस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४, खोकना, स्थित आफ्नो ८१ औं एटिएम औपचारिक रुपमा उद्घाटन गरेको छ ।

उक्त एटिएमको औपचारिक उद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका थिए ।

यस एटिएम सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।