नेपाल हाइड्रो डेभलपरको नाफा आधा घट्यो

0
Shares

नेपाल हाइड्रो डेभलपर कम्पनी लिमिटेड (NHDL) को नाफा ५६.३३ प्रतिशतले घटेको छ । हाइड्रोपावर कम्पनीको मुख्य आम्दानीको स्रोत विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा नाफा पनि आधा घटेको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड १८ लाख ८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । जबकी गत आवको यसै अवधिमा कम्पनीले २ करोड ७० लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आय ६ करोड ५८ लाख २६ हजार रुपैयाँबाट घटेर ४ करोड ३३ लाख ५० हजार रुपैयाँमा सीमित भएपछि नाफा प्रभावित भएको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा ३४.१४ प्रतिशतले गिरावट देखिएको छ ।

यस्तै कम्पनीको सञ्चालन नाफा ३ करोड ६८ लाख ३४ हजार रुपैयाँ छ । गत आवको यसै अवधिमा कम्पनीको सञ्चालन नाफा ५ करोड ८८ लाख ५३ हजार रुपैयाँ थियो ।

चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९.०८ रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि १०.४० रुपैयाँ थियो ।

जगेडा कोषमा ६ करोड ११ लाख १४ हजार रूपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२४ रूपैयाँ तथा मूल्य आम्दानी अनुपात २४.८८ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।