दसैँलगत्तै ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?


काठमाडौँ । दसैँ बिदापछि मंगलबारदेखि सुनचाँदीको कारोबार सुरु भएको छ । काराेबार भएकाे पहिलो ददिन सुनकाे मूल्यमा भारी वृद्धि भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको कारोबार दिन चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।