
कञ्चनपुरका मालपोतका अधिकृत लोकराज जोशी ७९ हजार रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुर नजिकै रहेको सिटी क्याफे पछाडिबाट उनलाई घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडि बढाएको हो ।
जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट अनुसन्धानका लागि टोली खटिएको थियो ।
कञ्चनपुर मालपोतमा कार्यरत जोशीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिए वापत सेवाग्राहीसँग २४ हजार रुपैयाँ लिइसकेको र स्रोत नखुलेको ५५ हजार रुपैयाँ फेला परेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया