ज्योति लाइफको शेयरमूल्यमा लगातार आठौं दिन सर्किट, १०८ प्रतिशतले बढ्यो भाउ

0
Shares

नयाँ जीवन कम्पनीको रुपमा तीन वर्षअघि स्थापना भएको ज्योति लाईफ इन्सयोरेन्सको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । कम्पनीको शेयरमूल्य मंगलबारसम्म आठौं कारोबार दिनमा सकारात्मक सर्किट लागेर १०८ प्रतिशतले बढेको हो ।

कम्पनीको धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत २५ गते बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आएको थियो । त्यसपछिका आठ दिन कम्पनीको शेयरमूल्यमा निरन्तर सकारात्मक सर्किट लागेर शेयरको भाउ बढिरहेको छ ।

चैत २५ गते नेप्सेले प्रदान गरेको अधिकतम कारोबार रेञ्ज ३६० रुपैयाँमा कारोबार खुलेको कम्पनीको भाउ बैशाख ७ गते मंगलबार आइपुग्दा ७५१ रुपैयाँ पुगेको हो । नेपालको बजारमा बीमा कम्पनी त्यसमा पनि जीवन बीमा कम्पनीहरुको भाउ अन्यको तुलनामा धेरै हुनेगरेकाले पनि कम्पनीको शेयर बिक्री गर्न लगानीकर्ताले चाहिरहेका छैनन् ।

अर्कोतर्फ कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत बराबरको ६६ लाख कित्ता शेयर जारी गरेकोमा कर्मचारी रम्युचुअल फण्डलाई सुरसिक्षत गरी ५ लाख ९४ हजार कित्ता शेयर पब्लिकमा बाँडफाँड गरेको थियो । कम्पनीको शेयर गोलाप्रथाबाट ५ लाख ९४ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका थिए ।

आइपीओमा आवेदन दिएका १२ लाख बढी आवेदकले शेयर पाएका थिएनन् । शेयर पाएका ५ लाख ९४ हजारमध्ये पनि धेरै नयाँ डिम्याट शेयर खोलेर शेयर आवेदन गरेका लगानीकर्ता रहेका कारण दोस्रो बजारमा खरीद बिक्री गर्ने खाता भएका शेयर लगानीकर्ताको संख्या न्यून छ ।

सबैजसो नयाँ कम्पनीहरुमा न्यून आपूर्ति हुने र उच्च मागका बीच हरेक कम्पनीको शेयरको माग निरन्तर बढ्दो क्रममा रहने भएकाले मूल्यमा उच्च बढोत्तरीपछि मात्र करेक्शन आउने गरेको छ । सोही कारणले ऋणात्मक बजारमा पनि ज्योति लाइफको शेयरमूल्यमा भने सकारात्मक सर्किट लाग्दै आइरहेको छ ।


मंगलबारको बजारमा ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य भने ९.९६ प्रतिशत बढेको छ । कम्पनीको शेयरमूल्य मंगलबार प्रतिकित्ता ६८ ले बढेर ७५१ म कारोबार भैरहेको छ । अन्तिम मूल्यमा नै कम्पनीको शेयर खरीदका लागि सर्वाधिक २ हजार ६०० बढी वटा अर्डर मार्फत ५ लाख ८३ हजार कित्ताको खरीद माग छ ।

कम्पनीको शेयर मंगलबार आठ वटा कारोबारबाट ८० कित्ता शेयर कारोबार हुँदा नै पाँच मिनेट अवधिमा नै सकारात्मक सर्किट लागेको थियो । एक घण्टा अवधिमा १ हजार ३९५ कित्ता शेयर १० लाख ४५ हजार ६८० रुपैयाँमा खरीद बिक्री भएको छ ।

ज्योति लाइफले फागुन २१ देखि २६ गतेसम्म शेयर जारी गरेर चैत १३ गते शुक्रबार शेयर बाँडफाँड गरी नेप्सेमा चैत २४ गते सूचीकरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।