अपि पावरले तोक्यो हकप्रदको बुकक्लोज मिति

0
Shares

अपि पावर कम्पनी (API) ले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्न शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

बैशाख १९ गते आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद जारी गर्न अनुमति पाएको कम्पनीले कम्पनीको हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार अपि पावरको हकप्रद भर्नका लागि बैशाख २८ गतेसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम भैसकेको हुनुपर्छ । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

अपि पावरले दोस्रो चरणमा चुक्ता पूँजीको २९.३८ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा (१ बराबर ०.२९३८ को अनुपातमा) ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री गर्नेछ ।

कम्पनीले यसअघि कार्तिक १४ गते शुक्रबारदेखि मंसिर ४ बिहीबारसम्म चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँको ४७.६० प्रतिशतले हुन आउने ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरिसकेको छ ।

उक्त हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार  ०९ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।