मौद्रिक नीतिका प्रावधानले समस्यामा रहेका उद्योग तथा व्यवसायलाई केहि सहज हुने : परिसंघ

0
Shares

नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा मार्फत गरिएका व्यवस्थाहरुले मुलुकको स्वस्थ्य सेवामा सकारात्मक असर पुग्ने विस्वास रहेको छ । साथै समस्यामा रहेका उद्योग तथा व्यवसायलाई केहि सहज हुने भन्दै मौद्रिक समीक्षाको स्वागत गरेको छ । 
 
परिसंघले  मुलुकको विद्यमान स्वास्थ्य समस्यासंग जुध्ने गरि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा मार्फत हेरफेर भएका प्रावधानहरुले मुलुकको स्वस्थ्य सेवामा सकारात्मक असर पुग्ने विश्वास लिएको छ ।
 
संकटको यस घडिमा तरलता व्यवस्थापन गर्न विशेष ध्यान दिदै केन्द्रीय बैंकले यस अघि तोकेका विभिन्न दरहरुलाई यथावत राखेको छ । यस्तै कोभिड–१९ ले उद्योग तथा व्यवसाय क्षेत्रमा श्रृजित समस्यालाई न्युनिकरण गर्न निशेधाज्ञाको अवधि भर कर्जा असुलीमा कुनै शुल्क वा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ भने निशेधाज्ञा समाप्त भएको एक महिना सम्म कुनै पनि प्रकारको असुली वा लिलामी सम्बन्धि सुचना प्रकासन गर्न नपाईने व्यवस्था समेत गरेको छ । यो प्रावधानले समस्यामा रहेका उद्योग तथा व्यवसायलाई केहि सहज हुने परिसंघको  बुझाई छ ।
 
राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक तथा उद्योगहरुले अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधारदरमै कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । साथै लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न रु. ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्न रु २० करोडको विशेष पुनरकर्जाको समेत व्यवस्था गरेको छ । यस्तो कर्जा एक वर्षका लागि प्रवाह हुने समेत बैंकले जनाएको छ । यस प्रकारको प्रोत्साहनले अक्सिजन उपलब्धताको दिर्घकालीन व्यस्थापन गर्न सहयोग पुग्ने परिसंघको विस्वास छ ।
 
त्यस्तै निषेधाज्ञाको समयमा कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्ने ग्राहकलाई सहुलियत उपलब्ध गराउने व्यवस्था समेत उल्लेख गरिएको छ ।
 
परिसंघले आग्रह गरे अनुसार नै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले निर्वाह गर्नु पर्ने व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत हाल विद्यमान स्वास्थ्य समस्यासंग जुध्न आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भ्याक्सिन, औषधी जस्ता कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाएको छ । त्यस्तै परोपकारी कार्य गर्ने, राष्ट्रिय महत्वका आविष्कार केन्द्र, मानव सेवा आदि क्षेत्रमा गरिएको खर्च समेत व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत खर्च लेख्न पाउने व्यवस्था गरेको छ ।
 
हालको परिप्रेक्षमा चालू आर्थिक वर्षको मौद्रिक नीतिले उद्योग व्यवसाय सञ्चालनमा उल्लेख्य भूमिका खेलेको परिसंघको बुझाई रहेको छ । मुलुकको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउदै रोजगारी श्रृजना गर्न, मुलुकको गाह्रस्थ उत्पानलाई बढाउन तथा समग्र आर्थिक वृद्धीका लागि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत मुलुकको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई थप सहुलियत तथा सुविधा उपलब्ध गराउन पनि परिसंघले जोड गरेको छ ।
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।