एनआईसी एशिया बैंकका खातावाहकले अनलाइनबाटै कनेक्ट आईपीएस ‘भेरिफाई’ गर्न सक्ने


एनआई सी एशिया बैंकका खातावाहकले कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै ‘भेरिफाई’ गर्न सक्ने भएका छन् ।

बैंकले सेल्फ भेरिफाई सुविधा सुचारु गरेसँगै सेवाग्राहीले यस्तो सेवा पाउने भएका हुन् ।

लकडाउनको असहज परिस्थितीलाई ध्यानमा राखेर बैंकले अनलाइनबाटै कनेक्ट आईपीएस भेरिफाई गर्ने व्यवस्था गरेको हो । यसबाट सेवाग्राहीलाई सहज हुने विश्वास बैंकले लिएको छ ।

अनलाइनबाट सेल्फ भेरिफाई गरिएका खाताबाट दैनिक २ लाख रुपैंया र मासिक १० लाख रुपैंयासम्म कारोबार गर्न सकिने नेपाल क्लियरिङ हाउसले जनाएको छ । कनेक्ट आईपीएसको पूणर् कारोबार सीमाका लागि भने सेवाग्राही बैंकमा नै पुग्नु पर्ने पनि हाउसले जनाएको छ ।

कसरी गर्ने बैंक खाता लिंक तथा भेरिफाई ?

विद्युतीय माध्यमबाट सजिलै रकम भुक्तान गर्न कनेक्ट आईपिएसमा यसरी खोल्नुहोस खाता

शेयर कारोबारको रकम कनेक्ट आईपीएसबाट कसरी गर्ने सजिलै भुक्तानी ?

सबैभन्दा पहिला कनेक्ट आईपीएसको खाता खोली एनआईसी एशियाको बैंक खाताको विबरण भरेर लिंक गर्नु पर्ने हुन्छ । सो पश्चात म्यानेज एकाउण्टमा गइ सेल्फ भेरिफाई एकाउण्टमा क्लिक गरी मोबाइलमा प्राप्त हुने ओटीपी उपलब्ध गराए पछि खातामा जम्मा भएको माइक्रो रकमको विबरण उपलब्ध गराए पछि कनेक्ट आईपीएसमा बैंक खाता भेरिफाई हुन्छ ।

यसरी बैंक खाता लिंक तथा भेरिफाई गर्दा बैंक खातामा रहेको मोबाइल नम्बर र कनेक्ट आईपीएसमा उपलब्ध गराइने मोबाइल नम्बर एउटै हुनु पर्छ ।

यसरी अन्लाईनबाट सेल्फ भेरिफाइ गर्ने सुविधा हाल १७ वाणिज्य बैंक, ६ विकास बैंक तथा १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको क्लियरिङ हाउसले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।