एमालेका चार मन्त्री बाहेक २ वर्ष पूरा भएका सबै मन्त्रीले विदा पाउने

0
Shares


केपी शर्मा ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा एमालेबाट सरकारमा सहभागी हुनुभएका २ वर्ष पूरा भएका सबै मन्त्रीले विदा पाउने भएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक एमालेका सबै मन्त्रीलाई हटाउने भएका हुन् ।

नेकपा एमालेका महासचिव इश्वर पोखरेल उपप्रधानमन्त्रीको जिम्मेवारीबाट हटाइएको छ भने रघुविर महासेठलाई उपप्रधामन्त्री तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सहित सरकारमा सहभागि हुने भएका छन् । पोखरेललाई पार्टीको काममा केन्द्रीत गराउनका लागि हटाइएको जनाइएको छ ।

यसैगरी अर्थमनत्री विष्णुप्रसाद पौडेललाई पनि ओलीले उप प्रधानमन्त्री बनाएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङले पाउने भएका छन् भने अहिलेसम्म अन्य को को मन्त्री बन्दैछन् भन्ने भन्ने जानकारी भैसकेको छैन।

प्रधानमन्त्री ओलीले शुक्रबारै आठ मन्त्रालय सहित महतोले नेतृत्वमा जसपा सरकारमा सहभागि गराएका छन् । जसपालाई उर्जा र महिला बालवालिका राज्यमन्त्री पनि दिइएको छ । 

सरकारबाट अब एमालेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, पार्वत गुरुङ , हृदयेश त्रिपाठी, पद्मा अर्याल, रशिवमाया तुम्बाहाम्फे लगायतका मन्त्री बाहिरिएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २१ जेष्ठ २०७८, शुक्रबार  १८ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।