‘हिमालयन रि’ औपचारिक रुपमा भयो कम्पनीमा दर्ता


बीमा समितिले सञ्चालन अनुमति दिएको केही दिनमा नै हिमालयन रि इन्स्योरेन्स कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ । गत जेठ १७ गते बीमा समितिबाट सञ्चालन अनुमतिको आसय पाएको हिमालयन रिले एक सातामा नै कम्पनी रजिष्ट्रारको कार्यालयमा आफुलाई औपचारिक रुपमा दर्ता गराएको हो ।

जेठ २३ गते, आइतबार कम्पनी रजिष्ट्रारको कार्यालयमा हिमालय रि औपचारिक रुपमा दर्ता भएको बताइएको छ । गैर सरकारी पब्लिक कम्पनीको रुपमा दर्ता नम्बर २ लाख ६३ हजार ६ सय १८ मा हिमालयन रि दर्ता भएको हो ।

महासंघ, परिसंघ नेतृत्वको लगानी रहेको “हिमालयन रि” लाई बीमा समितिले दियो सञ्चालन अनुमति

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।