प्रभु र सिभिल बैंक राष्ट्र बैंकको कारवार्हीमा, चालु आवमा ६ बैंकले भोगे कारवार्ही

0
Shares

नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सिभिल बैंक तथा ती बैंकको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, तथा सञ्चालकहरुलाई कारवाही गरेको छ । चालु आवमा हालसम्म ६ बैंकले नियामक निकाय राष्ट्र बैंकको कारवार्हीमा परेकोमा पछिल्लो पटक अर्थात तेस्रो त्रैमासमा प्रभु र सिभिल बैंक कारवार्हीमा परेका हुन् । 

नेपाल राष्ट्र बैंक (नियामक निकाय) को निर्देशन विपरीत कारोबार गरेको भन्दै ती बैंक र बैंकका जिम्वेवार पदाधिकारी कारवार्हीमा परेका हुन् । स्थलगत अनुगमनका क्रममा तोकिएको नियम विपरीत काम गरेको पाइएको केन्द्रीय बैंक बैंक सुपरीवेक्षण विभागले जनाएको छ ।

केन्द्रीय बैंकले प्रभु बैंकले नियम विपरीत रेमिट्यान्स सम्बन्धी कारोबार गरेको तथा सिभिल बैंकले ऋणीसँग अप्रत्यक्ष कारोबार गरेकाले कारवाही गरिएको नेपाल राष्ट्र बैंकका बैंक सुरपरिवेक्षण विभागले जनाएको छ ।

जसअनुसार प्रभु बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन, तत्कालीन सञ्चालकहरु शंकर कालिकोटा, रमेश सिंह खड्का, अम्बिका शर्मा लामिछाने, पुष्पबहादुर प्रधान, दक्ष पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनलाई सचेत गराएको छ । एकीकृत निर्देशन २०७७ इ प्रा निर्देशन ६/०७७को बुँदा नम्बर ८ को खण्ड क (३) को व्यवस्था विपरित प्रभु मनि ट्रान्सफर र प्रभु बैंकबीच कारोबार भएको पाइएकोले कारवार्ही गरिएको हो ।

यसैगरी सिभिल बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी नियमको पालना नगरेकाले एएमएल सेफ्टी सम्बन्धी नियम उल्लंघन गरे वापत १० लाख रुपैयाँ जरिवाना गरिएको छ । बैंकले ऋणीसँग अप्रत्यक्ष रुपमा कारोबार गरेको पाइएकोले एकीकृत निर्देशन २०७७ को निर्देशन नं ६ को संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको बुँदा नम्बर २ (ख) मा भएको व्यवस्था पालना भएको नदेखिएकाले राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम अध्यक्ष इच्छाराज तामाङलाई नसीहत दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आवको अवधिमा पछिल्लो समय (तेस्रो त्रैमास) मा दुई वाणिज्य बैंक पहिलो पटक कारवाहीमा परेका हुन् । यसअघि अन्य बैंक पनि केन्द्रीय बैंकको कारवाहीमा परेका थिए ।

यसअघि चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंक कारवाहीमा परेका थिए । चालु आवको पहिलो त्रैमासमा लक्ष्मी बैंकले पनि केन्द्रीय बैंकले कारवाही भोगेको थियो । राष्ट्र बैंकले गरेको स्थलगत अनुगमनका क्रममा तोकिएको नियम विपरीत काम गर्ने बैंकहरुलाई कारवाही गरेको थियो ।

केन्द्रीय बैंकको कारबाहीमा परेका बैंकमध्ये लक्ष्मी बैंकलाई शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेवापत २० लाख गरेको थियो । यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ५७ लाख ८४ हजार ६१७ रुपैयाँ जरिवाना तिराएको थियो । बैंकले प्राथमिकता प्राप्त क्षेत्र कर्जा प्रवाह नभएकाले चार्टर्डलाई हर्जना तिराइएको हो । यस्तै बैंकलाई दोस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टड र ग्लोबल आइएमई बैंकलाई समेत केन्द्रीय बैंकले सचेत गराएको थियो ।

राष्ट्र बैंकले तोकेअनुसार कर्जा प्रवाह गर्दा कर चुक्ता गरेको प्रमाणपत्रबिना कर्जा प्रवाह गरेको पाइएपछि राष्ट्र बैंक सुपरीवेक्षण विभागले ग्लोबल आइएमई बैंकलाई सचेत गराएको थियो ।

यसैगरी राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकले सरकारको खातामा पठाउनुपर्ने पैसा समयमा नै नपठाएपछि चालु आवको दोस्रो त्रैमासमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई सचेत गराएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।