सिभिल बैंकले ल्यायो सबैभन्दा धेरै व्याज दिने सुपर सेभिङ र खुत्रुके बचत योजना


सिभिल बैंकले निक्षेपकर्तालाई सबैभन्दा धेरै व्याज दिने गरी २ वटा नयाँ बचत योजना सार्वजनिक गरेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी बैंकले बैंकले सुपर सेभिङ अकाउण्ट र खुत्रुके खाता सञ्चालनमा ल्याएको जनाएको हो ।

हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै व्याज दिने जनाएको बैंकले १ महिना अवधिका लागि यस्तो खाता सञ्चालन गरिएको जनाएको छ । सुपर सेभिङ एकाउण्टमा ६.०१ प्रतिशत र खुत्रुके खातामा ७.०१ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

न्यूनतम २५ हजार रुपैयाँबाट सुरु गर्न सकिने सुपर सेभिङ एकाउण्टमा क्यान्सर लगायत ६ वटा प्राणघातक रोगको बीमा समेत गरिने बैंकले जनाएको छ ।

न्यूनतम ५ सय रुपैयाँ जम्मा गर्नु पर्ने र २ देखि १० वर्षसम्मको लागि बचत गर्न सकिने गरी सञ्चालनमा ल्याएको खुत्रुके खाता कोभिड–१९ को संक्रमण जोखिमलाई मध्य नजर गर्दै सुरु गरिएको बताएको बैंकले ग्राहकले चाहेको समयमा जति पनि रकम जम्मा गर्न सक्ने बताएको छ । खुत्रुके खातामा आफ्नो सहुलियतले अधिकतम सीमासम्म रकम जम्मा गर्न सक्ने र खाता अवधिभरको लागि खातामा मौज्दात रकमको ७० प्रतिशत कर्जा लिन पाउने पनि बैंकले जनाएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यी २ वटा बचत खाता योजना साउनको अन्तिमसम्म खाता खोल्ने र बचत गर्नलाई तोकेको ब्याजदर दिने बताएको बैंकले एक महिना पछि भने बजारको अवस्था अनुसार ब्याजदर परिवर्तन हुने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।