काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो।
समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५५६ रुपैयाँ ६२ पैसा कायम भएको छ । दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम मूल्य ६१२ रुपैयाँ २८ पैसा कायम भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ। कम्पनीले चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।












प्रतिक्रिया