प्रभु इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर वितरण

0
Shares


प्रभु इन्स्योरेन्स (PRIN) ले १० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पाीले जेठ ६ गते सम्पन्न कम्पनीको २५ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको हो ।

कम्पनीको साधारण सभा बाट पारित उक्त शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडियस एण्ड क्लियरिङ्ग (सिडिएससी) मा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले जानकारी दिएको छ ।

बैशाख २५ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकरण गराएका शेयरधनीहरुको खातामा उक्त शेयर जम्मा गरिदिएको कम्पनीले जनाएको छ । हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले बैशाख २५ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।