सरकार, नियामक निकाय र राष्ट्र बैंक संवेदनशील नहुँदाको परिणाम: नेप्सेमा पहिरो

0
Shares

सोमबार नेप्से परिसूचक एकैदिन ११४.०२ अंक घटेर २६९८.२४ विन्दुमा झरेको छ। नेप्से पछिल्लो चार महिना यताकै न्यून विन्दुमा झरेको हो । लाभांशको सिजन लाग्दै गर्दा बजारमा आएको निरन्तरको गिरावटले पुराना तथा बजार बुझेका लगानीकर्ता समेत अचम्मित बनेका छन् ।

‘शेयर बजारका एक पुराना लगानीकर्ता तथा विश्लेषकले नोट बजारसँगको कुराकानीमा बजारप्रतिको सरकारी दृष्ट्रिकोणले नेप्सेमा निरन्तर गिरावट आएको बताए । बजारप्रति सरकारको विश्वास छैन्, सरकारले बजारको विकासहोस् विस्तारहोस् र लगानीकर्ता लाभान्वितहोस भन्ने धारणा राखेको देखिएन् । सरकार नियामक निकाय, राष्ट्र बैंक यि तिन निकायहरु बजारप्रति सकारात्मक देखिएका छैनन्,’ उनले भने ।

जसले जुन बेला जसरी बजारलाई प्रहार गर्न सजिलो हुन्छ त्यसैगरी प्रहार गरेका छन् । यसले गर्दाखेरी, ठूला र बजार बुझेका संवेदनशील लगानीकर्ताले बजारप्रतिको विश्वास पूर्ण रुपले गुमाएका छन् । त्यसको प्रतिबिम्व बजारमा देखिएको छ । तर, अहिले बजार घट्नुपर्ने कुनै कारण छैन् , ब्याजदर लगायत अन्य कुनै पनि कारणले बजार घट्नुपर्ने अवस्था होइन । ति लगानीकर्ताले नोटबजारलाई बताए ।

बजार घटेपनि कारोबार रकममा आएको सुधारले लगानीकर्तालाई केही सान्तवना दिने ठाँउ देखिन्छ । सोमबारको बजारमा ८ अर्ब ४९ करोड ३४ रुपैयाँ बराबरको किनबेच भएको छ । सोमबार बजारमा २२५ कम्पनीको १ लाख ७ हजार ५९६ पटकको कारोबार शेयर खरिदबिक्री भएको छ। यसदिन बजारका सबै उपसूचकहरु घटेका छन्। बाणिज्य बैंक, बीमा कम्पनीहरुको मूल्य उच्चदरले घटेका छन्। अन्य सूचकका साथै विकास बैंक, फाइनान्स कम्पनी, होटल, लगानी, उत्पादन तथा प्रशोधन समूह पनि घटेको छ।

नयाँ सरकारले आजै मात्र प्रतिनिधिसभाबाट प्रतिस्थापन बजेट पारित गरेको छ । बजेट प्रमाणीकरणका लागि अझै केही समय लाग्ने अवस्था छ । बैंकहरुमा तरलताको असहज अवस्था छ । बैंकहरुले असोज १ गतेबाट लागू हुने गरी ब्याजदर बढाएका छन्। केही लगानीकर्ताहरु सरकार र नियामक निकायहरु विरुद्ध आन्दोलनत छन् । यस्ता गतिविधिका कारण नयाँ तथा पुराना लगानीकर्ताहरु पेनिक भएका छन् । उनीहरुले त्रसित भएर शेयर बेच्दा बजार घट्नेक्रम नरोकिएको ब्रोकरहरु बताउँछन्।

क्यासिनो चलाउने राज्यले क्यापिटल मार्केट बुझ्न सकेन

अर्का एक लगानीकर्ताले सरकारी निकायबाट पटक पटक लगानीकर्ताको मनोविज्ञानमा प्रहार गरेकाले यसको असर बजारमा देखिएको बताए । ‘आज स्ट्याण्र्ड चाटर्ड बैंकको अवस्था  हेर्नुस्, क्यापिटलमा मार्केटमा काम गरेका तमाम लगानीकर्ताले यो स्तरको मूल्य कहिल्यै पनि देखेका थिएनन् । त्यसो भए के स्ट्याण्डर्ड चार्टर्ड बैंक धारासायी भएकै हो त ?’ उनले प्रतिप्रश्न गरे ।

‘बजार संचालनका क्रममा केही कुरामा कमीकमजोरी आयो, बाधा व्यवधान आयो, अफ्ठयारो आयो भने बजारमा गिरावट आउँनु स्वभाविक हो, यसलाई करेक्शन गर्दै अगाडि बढ्ने हो। तर अहिलेको अवस्था त्यस्तो होइन । सरकारी नजर सकारात्मक हुन सकेन ।’ उनले भने ।

नेपालको पूँजी बजारमा लामो समयदेखि लगानीगर्दै आएका एक लगानीकर्ताले राज्यले अन्य क्षेत्र र पूँजीबजारलाई पक्षपाती व्यवहार गरेकाले आमलगानीकर्ताको मनोबल खस्किएको बताए ।’ कोभिडले ग्रस्त अर्थतन्त्रलाई चलायमान बनाउन शेयर बजारको महत्वपूर्ण भुमिका छ । यसलाई राज्यले बुझ्न सकेन । क्यासिनो चलाउने राज्यले क्यापिटल मार्केट बुझ्न सकेन् उनले भने । 

नेपालको पूँजीबजारले पछिल्लो समयमा राजश्वमा एतेहासिक योगदान गरेको छ । यस्तो बजारमा कुनै सिस्टम नै भएन, कसैले आज किनेर भोलि बेचेको छ । कसैले आजको आजै बेचेको छ । कसैले सबै बजारभरीका सूचना बोकेर हिडेको छ । आज कुनले बेच्यो, कुनले किन्यो मनपरी छ । टिएमएसमा सुधार छैन्, अन्य कारोबार प्रणालीमा सुधार छैन् । बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा बर्षौ बित्यो, मार्जिन ल्यान्डिङ्गको काम यतिकै रोकिएको बर्षौ भयो । बैंक लोन र मार्जिन ल्यान्डिङ्गको कुनै विधि विधान बनाइएको छैन्, अन्य थुप्रै काम गनुपर्ने छ । गर्नुपर्ने काम नगर्ने, नगनुपर्ने कामगर्ने यसरी बजारको कसरी विकास हुन्छ ? उनले आक्रोश व्यक्त गरे ।

सोमबारको बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा बढेर सर्किट लागेको छ। यसबाहेक डिप्रोक्स लघुवित्त र लक्ष्मी लघुवित्तको शेयर मूल्य बढेको छ। ११ वटा कम्पनीको सेयर मूल् घटेर सर्किट लागेको छ।

गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन उर्जा विकास, युनाइटेड इदी मार्दी, सिंगटी हाइड्रो, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर र सेन्ट्रल फाइनान्सको शेयर मूल्य घटेर सर्किट लागेको छ।

‘लाभांशको सिजन सुरु भएको छ । अहिले शेयर होल्ड गर्न सके अब केही समयभित्रै लगानीकर्ताले लाभांश प्राप्त गर्ने अवस्था छ । यस्तो बेलामा शेयर बिक्री गर्नुको सट्टा राम्रा र बलिया कम्पनीहरुको शेयर छानीछानी किन्नपर्ने हो, लगानीकर्ताले विवेकपूर्ण निर्णय लिन जरुरी छ।’ एक ब्रोकरले भने ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।