रेनल्ट कारको बिक्रेताले सुरु गर्यो “रेनोको शुभ कार–रम्भ” योजना


नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले विशेष चाड योजना “रेनो शुभ कार–रम्भ” को शुरुवात गरेको छ ।

ट्यागलाइन “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” सँगै यो योजना दशैं तिहार २०७८ को अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको विज्ञप्तिमा उल्लेख छ ।

रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाख रुपैंयासम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरु यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागी निः शुल्क सर्भिसिंग र ५ बर्ष सम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुनेछन् ।

यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध हुने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।