पोलिसी उपहार दिने प्रचलन बढ्दोः चितवनका टेक बहादुरलाई श्रीमतिले जन्मदिनमा दिइन् उपहार

0
Shares

पछिल्लो समय विभिन्न चाडपर्व तथा जन्मोत्सवमा परिवारका सदस्य तथा आफन्तहरुबाट जीवन बीमा पोलेसी उपहार दिने क्रम बढ्न थालेको छ ।  यहि क्रमलाई निरन्तरता दिँदै भरतपुर चितवनका टेक बहादुर कुमालले जन्मदिनको अवसरमा उपहार स्वरुप जीवन बीमा पोलिसी पाएका छन् । 

टेक बहादुरले श्रीमति नरमाया कुमालबाट रिलायबल लाइफको “रिलायबल समुन्नती बीमा” योजना पाएका हुन् । रिलायबल लाइफ इन्स्योरेन्सकी प्रथम चिफ एजेन्सी म्यानेजर गंगा कुमारी कार्की तथा सिनियर एजेन्सी म्यानेजर तारा माया कुमालको उपस्थितिका बीचमा नरमायाले उक्त पोलिसी हस्तान्तरण गरेकी हुन् ।

नरमायाले रिलायबल लाइफको चितवनको हाकिम चोक शाखाबाट उक्त पोलिसी जारी गरेकी हुन् । टेक बहादुरले रिलायबल लाइफको २० लाख रुपैयाँ बीमांक बराबरको “रिलायबल समुन्नती बीमा” १५ वर्षे बीमा योजना उपहार पाएका हुन् ।

उक्त अवसरमा  रिलायबल लाइफ इन्स्योरेन्सकी प्रथम चिफ एजेन्सी म्यानेजर गंगा कुमारी कार्कीले उक्त बीमा योजनाका बारेमा प्रस्ट प्रष्ट पार्दै जीवन बीमाको महत्वका बारेमा प्रकाश पारेकी थिइन् ।

पछिल्लो समय वैवाहिक वर्षगाँठ, जन्मोत्सव, विवाह तथा पास्नी लगाएतका कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलनलाई तोड्दै बीमा पोलिसी उपहार स्वरुप दिने प्रचन बढ्दै गएको छ । विभिन्न उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढ्न थालेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।