एशियन लाइफको शेयर संरचना परिमार्जन

0
Shares

एशियन लाइफ इन्स्योरेन्सले शेयर संरचना परिमार्जन गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०:३० को शेयर अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणमा कायम गरेको हो।

कम्पनीको १२ औं वार्षिक साधारण सभाबाट ६०: ४० अनुपात कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । कम्पनीले नियामक निकाय बीमा समितिबाट समेत स्वीकृति पाइसकेको जानकारी दिएको छ।

कम्पनीले सो बमोजिम आफ्नो शेयर परिवर्तन गर्न नचाहने शेयरधनीहरुले आगामी सात दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन समेत आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र शेयर परिवर्तन गर्ने/नगर्ने जानकारी प्राप्त नभएमा कानून बमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने बताएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।