अल्पकालिन कारोबारी हाबी हुन नसक्दा शेयर बजारको बढोत्तरी कायमै

0
Shares

यो साताको पाँचै कारोबार दिन शेयर बजार बढेको छ । बजार अलिकति बढ्नसाथ प्रोफिट बुकिङ्गमा लागिहाल्ने शेयर कारोबारीहरु हाबी हुन नसक्दा बजारको उकालो यात्रा जारी रहेको हो ।

बजार तल्लो विन्दुमा पुग्दा शेयर किन्नेहरु शेयर बेच्न हतारीए पनि लाभांशमा आधारित रहेर लगानीगर्नेहरुको उपस्थिति बलियो बनेपछि बजारको वृद्धि टिकेको हो । सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि द्धिर्घकालिन लगानीकर्ताहरुले लगानी बढाउन थालेका छन् ।

अल्पकालिन कारोबारीहरु बजारमा सक्रिय हुँदा सूचकमा उतारचढाब देखापरे पनि लगानीकर्ताहरु बजारमा क्रमश हाबी हुन थालेका छन् । जसले गर्दा औसत कारोबार पनि ५ अर्ब माथि पुगेको छ । केहि समय अघि दैनिक कारोबार २ अर्ब भन्दा कममा खुम्चिसकेको अवस्था थियो ।

यो साताको आइतबारदेखि बढेको बजार विहीबारसम्म आइपुग्दा निरन्तर उकालो लागेको छ । बजारले सुधारात्मक लय समाएपछि कारोबार रकममा समेत सुधार आउन थालेको छ । यसले आगामी दिनमा बजार अझै माथि उक्लने संकेत गरेको एक लगानीकर्ताले बताए ।

बिहीबार नेप्से सूचक १३.०४ अंकले बढेर २७८२.१६ अंकमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से २७.५१, सोमबार ८३.६३, मंगलबार ७८.८२ र बुधबार १८.०६ अंकले बढेको थियो । गत भदौ २ मा हालसम्मकै सर्वाधिक ३१९९ अंक पुगेको बजा २५१४ अंकसम्म झरेको थियो । यो साता मात्रै बजार २२१ अंकले बढिसकेको छ।

बिहीबारको वृद्धिपछि नेप्से परिसूचक २७८२.१६ अंकमा उक्लिएको छ । यसदिन २२२ कम्पनीको ९२ लाख कित्ता शेयर ५ अर्ब ३९ करोड रुपैयाँमा किनबेच भयो। यसदिन विकास बैंक ५०.५७, जलविद्युत ६५.४४, फाइनान्स १३.४२, निर्जीवन बीमा ३.२३, अन्य ४७.७३, माइक्रोफाइनान्स १३०.४२ र लगानी ०.३६ अंकले बढेका छन् भने बैंकिङ ७.९५, होटल तथा पर्यटन ३८.०४, व्यापार ९.६, उत्पादन ५१.४७, जीवन बीमा ८७.६८ र सामूहिक लगानी ०.११ अंकले घटेका छन् ।

बिहीबारको बजारमा नेशनल हाईड्रोपावर कम्पनीको सबैभन्दा धेरै ९ करोड १९ लाख ५ हजार ३१६ रुपैयाँको शेयर किनबेच भयो । रिडी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको बजारमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढीले ओरालो लागेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।