बैंकिङ प्रणालीका समस्या सुनेपछि अनुत्पादक क्षेत्रका ऋण नियन्त्रण गर्न अर्थमन्त्रीको सुझाव

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले बैंकरहरुले राखेका वित्तीय प्रणालीका समस्या सुनेर अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रण गर्न सुझाएका छन् । वित्तीय प्रणालीमा देखिएको पछिल्लो अस्थिर अवस्थाका बारेमा छलफल गर्न बैंकरहरुलाई बोलाए पनि समाधानको स्पष्ट खाका भने दिन सकेनन् ।

शुक्रबार अर्थमन्त्रालयमा मन्त्री शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा अधिकासं वाणिज्य बैंकका प्रमूख कार्यकारी अधिकृतहरुसंग छलफल गरेका हुन । छलफलमा नेपाल राष्ट्र बैंकका अधिकारीहरुको तर्फबाट कसैले नबोले पनि वाणिज्य बैंकहरुका प्रमूख कार्यकारीहरुले पछिल्लो समयमा देखिएको वित्तीय प्रणालीका समस्याहरु सुनाएका थिए ।

सबै बैंकका प्रमूख कार्यकारी अधिकृतहरुलाई बोल्न दिएका मन्त्री शर्माले नेपाल राष्ट्र बैंकका अधिकारीलाई भने कार्यपत्रको जिम्मा दिएका थिए । नेपाल राष्ट्र बैंकको कार्यपत्र प्रस्तुतीपछि बोल्न थालेका बैंकहरुले तरलता अभाव, कर्जा लगानी योग्य रकम अभाव, ब्याजदर, कर्जा निक्षेप अनुपात लगायतका बर्तमान समस्याहरु अर्थमन्त्रीलाई सुनाएका थिए । तर, अर्थमन्त्रीले समस्या सुनेपनि त्यसको समाधानको लागि उपयुक्त नीतिगत व्यवस्था गर्ने सन्दर्भमा कुनै प्रतिवद्धता नजनाएको सहभागी एक बैंकरले बताए ।

बैंकहरुले बैंकिङ प्रणालीमा देखिएको स्रोत अभावको समस्या समाधानका लागि पूँजीगत खर्च बढाउन, स्थानीय तहहरुलाई पनि खर्च गर्न लगाउन तथा बैंकहरुमा भएको स्थानीय तहको पैसा कर्जा निक्षेप अनुपातमा गणना गर्र्न मिल्ने व्यवस्था गरिदिन समेत बैंकरहरुले आग्रह गरेका थिए । त्यसका साथै बैंकरहरुले आयात निरुत्साहन गर्न समेत अर्थमन्त्रीलाइ सुझाएका थिए।

त्यती मात्र नभई अथमन्त्री बैंकर छलफलमा रेमिट्यान्समा आएको कमीको विषयमा समेत कुरा उठेको छ । रेमिट्यान्स कमी आउनुको कारण हुण्डी बढेर हुनसक्ने समेत उनीहरुको भनाई थियो । नेपाल सरकारले बैंकिङ क्षेत्रका लागि सहज हुने गरी नै नीतिगत व्यवस्था गर्ने मनसाय देखाएको हुनाले शुक्रबार अथमन्त्रीसंग भएको छलफलले बैंकिङ क्षेत्रमा सकारात्मक भुमिका खेल्ने बैंकरहरुको अपेक्षा छ ।

मन्त्री शर्माले भने साना कर्जा बढाइ तथा उत्पादन मूलक क्षेत्रमा लगानी विस्तार गर्न भनेको ती बैंकरले बताए । अर्थमन्त्रीको भनाइलाई उदृत गर्दै ती बैंकरले भने,“बैंकको कर्जा नतिर्ने ठुला ऋणीले हो । साना ऋणीको डिफल्ट हुने जोखिम पनि न्यून भएकाले संस्थाका लागि पनि राम्रो हुन्छ ।”

बैंकहरुले ब्याजदरको विषयमा आफ्नो आफ्नो विचार राखेको भएपनि मन्त्रीले त्यस विषयमा नबोलेको अर्का बैंकरले बताए । करिब २ घण्टा सम्म चालेको छलफलमा अर्थमन्त्रालयले सहजता गरिदिने आश्वासन भने दिएको बैंकरहरु बताउँछन ।

छलफलमा स्रोत अभावको समस्या सहज गर्न सरकारले विदेशबाट आउने पैसालाई थप सहजीकरण गराउन समेत बैंकहरुले आग्रह गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विजनेश ग्रोथ धेरै भएकाले अहिले स्रोत अभावको समस्या बैंकिङ प्रणालीमा देखिको हुनाले अनुत्पादक क्षेत्रको कर्जा विस्तारलाई बैंकहरुले नियन्त्रण गर्नुपर्ने समेत मन्त्रीले शर्माले बैंकहरुलाई सुझाएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।