हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको गरेको छ ।

कम्पनीले मंसिर ५ गते इटहरीको नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति उक्त कार्यक्रम गरेको थियो । कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डि। एन।न्यौपानेले गरेका थिए भने उक्त कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले गरेका थिए ।

त्यसैगरी सोही दिनमा हरिनगरा मा।वि।मा करिव १५० जना बिद्यार्थीको उपस्थितिमा कार्यक्रम गरेको थियो । कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले गरेका थिए । उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रिय प्रमुख हिरा निरौलाले प्रकाश पारेका थिए ।

त्यस्तै, मंसिर ६ गते गौरी शंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाउको छ । उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गरेका हुन् ।

उक्त कार्यक्रममा बीमाको महत्व बारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेश कुमार शाहले प्रकाश पारेका थिए भने उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रदान गरेका हुन् ।

कार्यक्रमका अध्यक्षले उक्त कार्यक्रमको सराहना गर्दै यस कार्यक्रमले जनस्तरमा बीमा बारे बुझ्न र समाजमा रहेका बीमा सम्बन्धी अन्यौललाई हटाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।