नलगाड हाइड्रोपावरले डाक्यो साधारण सभा

0
Shares

नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २७ गते कम्पनीको पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते पाँचौं साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको सभाहल, काठमाडौंमा बिहान ८ः३० बजे सुरु हुने कम्पनीले जानकारी दिएको छ ।

सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन पारित गर्ने , आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणले २०४५ सालदेखि ४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको अध्ययन सुरु गरेको थियो । आयोजना विकास समिति हुँदै अहिले कम्पनीमा परिणत भएको छ ।

अस्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्ट प्रालिले ३० महिनामा डीपीआर सम्पन्न गर्नेगरी जलविद्युत् कम्पनीसँग १ अर्ब ११ करोड रुपैयाँमा सम्झौता गरेका थिए ।

हाल नलगाड जलविद्युत् कम्पनी लिमिटेडले जग्गा अधिग्रहणको काम ९५ प्रतिशतभन्दा धेरै सकिसकेको छ । आयोजनाको बाँधस्थल बारेकोट गाउपालिका–८ अधेँरीखोला र पावरहाउस नलगाड नगरपालिका–७ दल्लीमा पर्छ  ।

आयोजनाको कूल ६ किलोमिटर लामो जलाशय र २१० मिटर अग्लो बाँध तथा ८.२० किलोमिटर लामो सुरुङ बन्नेछ । कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना नलगाडले क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुङ्गा हुने बताइन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  १२ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।