जोशी हाइड्रोपावर कम्पनी लिमिटेड (JOSHI) ले माघ ३ गते एकैचोटी ३ वटा आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्ने भएको छ ।
कम्पनीको पुस ११ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले ल्याण्डमार्क हल, दरबारमार्ग, काठमाडौँमा माघ ३ गते बिहान साढे ११ बजे पाचौँ, छैठौँ र सातौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभामा चार साधारण प्रस्तावहरु उपर छलफल गर्न लागेको कम्पनीले कुनैपनि विशेष प्रस्ताव गरेको छैन । कम्पनीले लाभांश वितरण नगरेपछि सेयरधनीको हात पनि खाली हुने भएको छ । स्थापनाको ७ वर्ष भएपनि कम्पनीले हालसम्म सेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन ।
सभाका सामान्य प्रस्तावहरुमा आर्थिक वर्ष २०७५।७६, २०७६।७७ र आर्थिक वर्ष २०७७।७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, तीनवटै आर्थिक वर्षहरुको लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाब पारित गर्ने, चालु आर्थिक वर्ष २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको मनोनयन गर्ने लगायतका प्रस्तावहरू उपर छलफल गरी पारित गर्ने एजेण्डा राखिएको छ ।
कम्पनीले पुस २१ गते बुधबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार २० गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया