छ्याङ्दी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

छ्याङदी हाइड्रोपावर (CHL) ले ३० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

छ्याङदी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

सोही प्रयोजनार्थ कम्पनीले पुस २१ गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार पुस २० गते मंगलबारसम्म सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो
यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

यस्तै, छ्याङदीले ३०प्रतिशत हकप्रद सेयर बिक्रीपछि कायम हुने पूँजीमा पुनः ४० प्रतिशत हकप्रद निष्कासन गर्ने घोषणा गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० पुस २०७८, मंगलबार  १० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।