एनआईबिएल समृद्धि फण्ड-१ को सूचीकरण खारेजी

0
Shares

एनआईबिएल समृद्धि फण्ड १ को सूचीकरण खारेजी भएको छ । वि.सं. २०७१ पुस २३ गते नेप्सेमा सूचीकृत भएको सात वर्ष अवधिको यस फण्ड २०७८ पुस २३ गते शुक्रबार परिपक्क भएपछि सूचीकृत खारेजी भएको नेप्सेले जनाएकाे हो ।

फण्डको इकाई बिहीबार नेप्सेमा कारोबार हुने अन्तिम दिन थियो । यसअनुसार योजना पुस २२ गते बिहीबारसम्म इकाई खरीद गरी कायम रहने इकाइधनीले मात्र योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी फिर्ता पाउनेछन् ।

योजना अवधि परिपक्क भएसँगै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको कोष प्रवर्धक रही एनआईबिएल एस क्यापिटलको ब्यवस्थापन अन्तर्गत एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ खारेज हुने प्रक्रियामा गएको हो ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले विसं २०७१ मंसिर १८ देखि २१ गतेसम्म प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड ईकाई बिक्री गरेको थियो । उक्त इकाई पुस २३ गते बाँडफाँड भएको थियो ।

सात वर्ष अवधिको उक्त बन्दमुखी योजना सामूहिक लगानी कोषको नियमावली अनुसार विसं २०७८ पुस २३ गते योजना अवधि समाप्त हुन लागेको हो । तत पश्चात खारेजीमा लानुपर्ने व्यवस्था अनुसार योजना खारेजी जानेछ । खारेजीपछि योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई भुक्तानी गरिने समेत सूचना मार्फत जानकारी प्राप्त भएको छ ।

यस सम्बन्धीत नियमावली बमोजिम खारेजी सम्बन्धी सूचना अनुसार एनआईबिएल समृद्धि फण्ड—१ ले पुस २२ गते बिहीबारसम्म मात्र योजनाको इकाईहरूको कारोबार हुने जनाएको छ ।

पहिलो वर्ष लाभांश वितरण नगरेको योजनाले दोस्रो वषएदेखि इकाईधनीहरुलाई निरन्तर प्रतिफल वितरण गर्दै आएको छ । उक्त फण्डका आर्थिक वर्ष २०७२।७३ मा १५ प्रतिशत, आव २०७३।७४ मा १८ प्रतिशत, आव २०७४।७५ मा १२ प्रतिशत, आव २०७५।७६ मा ६.५० प्रतिशत, आव २०७६।७७ मा १२ प्रतिशत र गत आव २०७७।७८ मा ३५ प्रतिशत नगद प्रतिशत (लाभांश) वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।