क्यान इन्फोटेकको २७ औं संस्करण अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छ ।
कोभिड-१९ को तेश्रो लहर दिनप्रतिदिन बढ्न थालेपछि सन १९९५ देखि वर्षेनी आयोजना हुँदै आएको मेला स्थगित गरिएकाे हाे ।
कम्युटर एसाेशिएसन अफ नेपाल (क्यान) ले आगामी माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेक २०२२ मेला अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको जनाएको छ ।
सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना हुँदै आएको छ ।
क्यानका महासचिव नारायण थापाले काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापक रुपमा फैलिएको संक्रमण, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालय लगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै मेला स्थगित गरिएको बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया