चार कम्पनीको २ करोड ६७ लाख कित्ता बोनस नेप्सेमा सूचीकृत, कसले पाउँछ ?
चार कम्पनीको २ करोड ६७ लाख ८८ हजार ४७४ दशमलव ४१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन ८ गते आइतबार सूचीकृत भएको छ ।
नेप्सेका अनुसार तीन बैंक र एक बीमा कम्पनीको बोनस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नेगरी सूचीकृत भएको हो । जसमा नेपाल बंगलादेश बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड र गुराँस लाईफ इन्स्योरेन्स लिमिटेड रहेको छ ।
स्टकका अनुसार नेपाल बंगलादेश बैंक लिमिटेड (NBB) को चुक्ता पूँजीको १२ प्रतिशत बोनस बराबरको १ करोड ८ लाख ५ हजार ७८५ दशमलव ४३ कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको मंसिर २ गते सम्पन्न साधारण सभाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.५० प्रतिशत नगद गरी १५.५० प्रतिशत लाभांश अनुमोदन भएको थियो । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले कार्तिक १५ गते सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।
त्यस्तै, लक्ष्मी बैंक लिमिटेड (LBL) को चुक्ता पूँजीको ८ प्रतिशत बोनस बापतको ८५ लाख ८६ हजार ५५१ दशमलव ८९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
बैंकको पुस ८ गते सम्पन्न साधारण सभाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.५० प्रतिशत नगद गरी ११.५० प्रतिशत लाभांश अनुमोदन भएको थियो । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २४ गते सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।
सनराइज बैंक लिमिटेड (SRBL) को चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४८३ दशमलव ०९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको पुस १५ गते सम्पन्न साधारण सभाबाट चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी ७ प्रतिशत लाभांश अनुमोदन भएको थियो । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ४ गते सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।
त्यसैगरी, गुराँस लाईफ इन्स्योरेन्स लिमिटेड (GLICL) को चुक्ता पूँजीको ५.५००४१७४ प्रतिशत बोनस बापतको १० लाख ८६ हजार ६५४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
इन्स्योरेन्सको आव २०७५/७६ को नाफाबाट प्रस्ताव भई मंसिर १० गते सम्पन्न साधारण सभाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी ५.७९ प्रतिशत लाभांश अनुमोदन भएको थियो । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले कार्तिक २३ गते सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।
आइतबार सूचीकृत भएको चारवटै कम्पनीको बोनस सेयर सम्बन्धीत लगानीकर्ताले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।