ग्रीन भेन्चर्स लिमिटेडको धितोपत्र बैशाख ४ गते आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेका अनुसार कम्पनीको ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको ३ करोड १२ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले दोस्रो बजारमा कारोबारका लागि जीभिएल सिम्बोल पाएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ९१.८६ रूपैयाँदेखि अधिकतम २७५.५८ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।
कम्पनीले चैत ८ देखि ११ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
आइतबार नेप्सेमा सेयर सूचीकृत भएसँगै अब सोमबारबाट कम्पनीको धितोपत्र दोस्रो बजारमा खरीद बिक्रीमा आउनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया