दुई कम्पनीको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

दुई कम्पनीको करिब २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा आएको छ । एशियन लाइफ र लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेका हुन।

दुई कम्पनीको गरेर १ लाख ९३ हजार ४०७ कित्ता सेयर बिक्रीमा आएको हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले केही संस्थापक शेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयंमा निवेदन दिनुपर्नेछ । उक्त अवधिमा निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्रीमा ल्याउने समेत कम्पनीले जनाएको छ ।

यस्तै लुम्बिनी विकास बैंकले सुजन बरालको नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरेलको नाममा रहेको ४ हजार कित्ता, युगराज रेग्मीको नाममा रहेको ६५ हजार कित्ता र गणेश राज रेग्मीले ११ हजार ४०७ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो ।

संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक सेयरयधनीहरुले ३५ दिनभित्र बैंकको मुख्य कार्यालयमा निवेदन दिनुपर्नेछ । उक्त अवधिमा निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्रीमा ल्याउने समेत कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भदौ २०७९, बुधबार  ०८ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।