काठमाडौँ । लगातार ६ दिनसम्म बढेको सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसुचक २२.३५ अंकले घटेर २ हजार ६८४.०१ अंकमा पुगेको हो ।
सोमबार कारोबारमा आएका ३११ वटा कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर ७१ हजार ३१३ पटक किनबेच हुँदा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्से परिसुचक २.४० अंकले बढेर २७०६.३६ अंकमा पुग्दा कारोबार रकम ९ अर्ब ५० करोड ३ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै गत हप्ताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसुचक ९.१४ अंकले बढेर २७०३.९६ अंकमा पूग्दा कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ पुगेको थियो ।
बुधबार नेप्से परिसुचक ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुग्दा कारोबार रकम ९ अर्ब ७४ करोड रुपैयाँ पुगेको थियो । मंगलबार नेप्से परिसुचक २८.९१ अंकले, सोमबार ९.१९ अंकले र आइतबार २६.५३ अंकले बढेको थियो ।
सोमबार होटल तथा पर्यटन समूह ४१.८० अंकले र म्याचुअल फन्ड समूह ०.०१ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
यस्तै, माथिल्लो मैलुङखोला जलविद्युतको सेयर मूल्य ६.५६ प्रतिशतले बढेको छ । कर्पाेरेट डेभलपमेन्टको सेयर मूल्य ६.२८ प्रतिशत, भगवती हाइड्रोपावरको सेयर मूल्य ४.०६ प्रतिशत, सिन्धू विकास बैंकको सेयर मूल्य ३.७४ प्रतिशतले र के्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३.५९ प्रतिशतले बढेको छ ।
यता, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य १० प्रतिशतले घटेको छ । १२ प्रतिशत गुडविल फाइनान्स २०८३ डेभेन्चरको सेयर मूल्य ९.६६ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.४९ प्रतिशत, नेपाल फाइनान्सको सेयर मूल्य ५.३९ प्रतिशतले र समृद्धि फइनान्सको सेयर मूल्य ४.५९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स ८० करोड ७० लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा प्रभु सिलेक्ट फन्ड २१ लाख १९ हजार ८१७ इकाईको कारोबार सहित अग्रस्थानमा रहँदा कारोबार संख्याको आधारमा नेपाल फाइनान्स २ हजार १९८ पटकको कोरोबार सहित शीर्ष स्थानमा छ ।
सोमबारको कारोबार सँग कूल बजार पूँजीकरण ४४ खर्ब ७१ अर्ब ९४ करोड ८४ लाख रुपैयाँ कायम भएको छ ।












प्रतिक्रिया