एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार दश रुपैयाँ अंकित दरमा १ अर्ब २२ करोड १० लाख मूल्यको फन्डको १२ करोड २१ लाख इकाई सूचीकृत भएको हो ।
बुधबार सूचीकृत भएसँगै फन्डको इकाई भोलि बिहीबारदेखि नै धितोपत्रको दोस्रो बजार अर्थात नेप्सेमा खरिद बिक्री गर्न सकिनेछ । दोस्रो बजारमा इकाई कारोबारका लागि नेप्सेले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ लाई स्टक सिम्बोल एनएसआईएफ–२ दिएको छ ।
एमएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड- २ को इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटलले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया