समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

-नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१७मंसिर, २०७९, शनिबार / Dec 03, 2022 14:41:pm

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७६६ मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार ३८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार ६२८ मतसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार ८८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८ मतपाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २५९, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९४३ र जनमत पार्टीले ३ लाख ९४ हजार ३८५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ ।

प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणाम अनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ । यस्तै माओवादी केन्द्र १७, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७ स्थानमा जित हासिल गरेका छन् ।

स्वतन्त्र पाँच स्थानमा लोकतान्त्रिक समाजवादीको ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments