तीन वाणिज्य बैंकले संस्थापक सेयर बिक्री गर्दै

-नोटबजार संवाददाता ।
काठमाडौं ।
२२मंसिर, २०७९, बिहीबार / Dec 08, 2022 12:41:pm

तीन वाणिज्य बैंकले संस्थापक सेयर बिक्रीका लागि बिहीबार सूचना प्रकाशन गरेका छन् ।

सिद्धार्थ बैंकले १ लाख ५० हजार कित्ता, सिटिजन्स बैंकको १ लाख कित्ता र कुमारी बैंकको २५ हजार कित्ता संस्थापक सेयर लिलामीमा आएको हो ।

तीनवटै बैंकको उक्त लिलामी सेयरमा सम्बन्धीत बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो ।
संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक लगानीकर्ताहरुलाई दिनुपर्ने हुँदा सोही अनुसार पहिलो चरणमा बैंकको विद्यमान सेयर लगानीकर्ताले मात्र सो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ बैंकको संस्थापक सेयर किन्न इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।  त्यस्तै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १५३ मूल्य अंकित गरी सेयर लिलामीमा ल्याएको हो ।

बैंकको संस्थापक खरीदका लागि इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन दिन सक्नेछन् ।

यसैगरी कुमारी बैंकले २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सो खरिद गर्न इच्छुक बैंकका संस्थापक सेयर लगानीकर्ताहरुले आगामी ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा सेयर बिक्री गरिने बैंकहरुको सूचनामा उल्लेख छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments