अवधि पूरा भएको एनआईबिएल समृद्धि फण्ड-१ ले विभिन्न कम्पनीको सेयर लिलाम गर्दै


खारेजी प्रक्रियामा रहेको ‘एनआईबिएल समृद्धि फण्ड १’ ले आफ्नो स्वामित्वमा रहको सेयर तथा ऋणपत्रहरु लिलाम गर्ने भएको छ । फण्डले विभिन्न कम्पनीको १२ हजार १ सय ५४ कित्ता सेयर र ७९ हजार ५ सय कित्ता ऋणपत्र लिलाम गर्ने भएको हो ।

उक्त योजनाको अवधि समाप्त भई योजना परिपक्क भएकोले नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुस २२ गतेको निर्णय अनुसार उक्त योजनाको सूचीकरण खारेज गरिसकेको हो । ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार २०७८ पुस २२ गते भएको थियो । योजनाको अन्तिम इकाई मूल्य १२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर परिपक्क भएको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसँगै क्यापिटलले सेयर तथा ऋणपत्र लिलाम गरि इकाईधनीको पैसा फिर्ता गर्ने छ ।

जस अनुसार फण्डले लिलामीको सूचना निकालेको छ । सूचना अनुसार लगानीकर्ताले लिलामीको सेयर तथा ऋणपत्रमा माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० र ऋणपत्रको मूल्य प्रतिकित्ता १००० कायम गरिएको छ । आवेदन दिँदा १०० कित्ता भन्दा बढी शेयर लिलाममा भएको कम्पनीको हकमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्ने छ । त्यस्तै अधिकतम पूरै कित्ताको लागि आवेदन दिन सकिने छ । लिलामीको फारम एनआईबिएल एस क्यापिटलको कार्यालयबाट प्राप्त गर्न सकिने छ ।

प्रभु बैंकको २ हजार ५२० कित्ता, हिमालयन बैंकको ५ हजार ५३४ कित्ता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८१ कित्ता, एक्सेल डेभलपमेन्ट बैंकको १ कित्ता, नाडेप लघुवित्तको ५३८ कित्ता, आँधीखोला लघुवित्तको ७१४ कित्ता, डिप्रोक्स लघुवित्तको २ हजार ३४९ कित्ता, समाज लघुवित्तको ११७ कित्ता सेयर लिलाम गर्ने भएको हो ।

यस फण्डले आर्थिक वर्ष ७२/७३ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षमा भने फण्डले क्रमशः १८ प्रतिशत, १२ प्रतिशत, ६.५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । फण्डले आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको हो । यस हिसाबमा फण्डले कुल ९८.५ प्रतिशत लाभांश वितरण गरेको छ ।

थप समाचारहरू:-

धितोपत्रको दोस्रो बजार नछिरिकनै लगानीको तीन गुणा बढी कमाई

एनआईबिएल समृद्धि फण्ड-१ को सूचीकरण खारेजी

एनआईबिएल समृद्धि फण्ड-१ को बिहीबार नेप्सेमा अन्तिम कारोबार

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।