चुनाव हुने भएपनि सेयर बजार निरास, बुधबार २२ अंकले घट्यो


सरकारले आगामी बैंशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको भएपनि त्यसको सकारात्मक असर सेयर बजारमा देखिएको छैन् । निर्वाचन भएपनि सरकारी खर्च बढ्ने तथा आर्थिक गतिविधि बढ्ने भएकाले पनि धितोपत्र बजारमा लगानी आउने अपेक्षा गरिएको भएपनि त्यसको विपरित देखिएको हो ।

निर्वाचन घोषणसंगै धितोपत्र बजारमा सुधार आउने अपेक्षा आम लगानीकर्तामा थियो । तर, सरकारले चुनाव घोषण गरेपछि निरन्तर सेयर बजार सूचक घटेको छ । मंगलाबार १६.३० अंक घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) बिहीबार २२.०६ अंक घटेर २८१३.५२ विन्दुमा झरेको छ ।

सरकारले निर्वाचनको घोषणा गरेको भएपनि वित्तीय क्षेत्रमा तरलता अभवाको समस्या झनै जटिल बन्दै गएको अवस्था छ । त्यसैगरी बैंक वित्तीय संस्थाले कर्जाको ब्याजदर समेत बढाएपछि त्यसको असर सेयर बजारमा देखिएको हो । त्यससंगै सुचिकृत कम्पनीहरुले चालु आर्थिक वर्षको अर्धवर्षिक वित्तीय वितरण पनि सार्वजानिक गरिसकेको अवस्था छ । त्यसले लगानीकर्तालाई केही निरास बनाएकाले पनि बजार नकारात्मक देखिएको हो ।

बुधबार सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ । बुधबार कारोबार रकममा पनि कमी आएको छ । मंगलबार ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा बुधबार २२३ कम्पनीको ४५ हजार ११२ पटकको कारोबारमा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको ६५ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेकोले आगामी दिनमा पनि बजार घट्न सक्ने संकेत हो ।

बुधबार लिबर्टी इनर्जीको सेयरमूल्य ३.०८ प्रतिशत बढेको छ । त्यसैगरी, २१ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य यस दिन २.८० प्रतिशत बढेको छ । त्यसैगरी सबैभनदा धेरै सेयर मूल्य घट्ने कम्पनीमा बुद्धभुमि नेपाल हाइड्रोपावर रहेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । बैंकिङ १२.४२, ब्यापार ३९.२५, होटल तथा टुरिजम २.४४, विकास बैंक ४६.२७, जलविद्युत समुह ३२.७२, वित्त २४.८५, निर्जिवन बीमा समुह १९८.७५, उत्पादन मूलक १५.०३, अन्य ३.६१, लघुवित्त ५०.०४, जीवन बीमा १५१.०८, सामूहिक लगानी कोष ०.१२, इन्भेष्टमेन्ट समूह ०.९६ अंकले घटेका छन ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १८ करोड ६१ लाख ६९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।