सुनको मूल्य एकैदिन १ हजार ५०० रुपैयाँले बढ्यो

0
Shares

आइतबार सुनको भाउ एकैदिन १ हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैयाँ र तेजावी सुनको भाउ ९५ हजार रुपैयाँ कायम गरिएको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसंगै चाँदीको मूल्य पनि बढेको छ । तीन दिन अर्थात बुधबार देखि शुक्रबार सम्म स्थीर रहेको चाँदीको मूल्य आइतबार तोलामा २० रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८५८ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.५७ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७८, आइतबार  १२ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।