नेशनल हाइड्रोले प्रस्ताव गर्यो लाभांश, एक्विजिशन प्रस्ताव सहित बोलायो साधारण सभा


नेशनल हनइड्रोपावरले शेयरधनीलाई प्रतिफल दिने भएको छ । कम्पनीले २५ औं वार्षिक साधारण सभा आह्वान गर्दै लगानीकर्तालाई प्रतिफल वितरण गर्ने प्रस्ताव अघि सारेको हो । हाइड्रोले हाल कायम चुक्ता पूँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको १८.५२ प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ ।

प्रस्तावित बोनस वितरण पश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, सुनकोशी हाइड्रोपावर कम्पनीलाई १०० बराबर २५ को शेयर स्वाप रेशियोमा प्राप्ति गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु साधारण सभामा लगिने छन् ।

साधारण सभा प्रयोजनका लागि फागुन १३ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । फागुन १२ गतेसम्म नेशनल हनइड्रोको शेयर किनेका लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले फागुन ३० गते सोमबार भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि विनायकनगर, नयाँ बानेश्वरमा २५ औँ वार्षिक साधारण आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।