भ्यालेन्टाइन डे को अवसरमा जगदम्बा मोटर्सको टीभीएस स्कुटरमा नयाँ योजना


टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा “कनेक्ट टु लभ” योजना ल्याएको छ ।

यस योजनाको थिम “लभ इज जस्ट अ कल अवे” रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिद गर्दा ६ हजार रुपैंयासम्मको नगद छुट अनिवार्य रुपमा पाउने छन् । साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउन विज्ञप्तिमा उल्लेख छ । लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज मार्फत हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शुन्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुनेछ ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।